Spread the love
Spread the love
चन्द्र भण्डारीले कांग्रेस सभापति पदका लागि गरे उम्मेदवारी घोषणा
..
Spread the love

काठमाण्डौ, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदका लागि आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्।

नेता भण्डारीले आफ्नो फेसबुक मार्फत् कांग्रेसको नेतृत्व गर्न इच्छुक रहेको जनाउँदै लेखेका छन् कि पार्टी, लोकतन्त्र र देशको आवश्यकताअनुसार आफू जहाँबाट आवश्यक पर्छ त्यहीबाट अघि बढ्न तयार रहेको छ। उनका अनुसार साथीहरूका सुझाव र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै निर्णय लिनुपर्ने अवस्था आएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने कार्यक्रम छ।