काठमाण्डौ,सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमा पुनः बहाल गर्न निर्देशन दिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। यो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट हाली दिएका थिए।
रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश न्यायाधीश श्रीकान्त र डा. नहकुल सुवेदी पौडेलको संयुक्त इजलासले शाक्यलाई पूर्वस्थितिमा फर्काउने आदेश जारी गरेको हो।
