Spread the love
Spread the love
हर्क साम्पाङको आरोप: जहाँ कार्यक्रम गर्छु त्यहाँ कुलमानले लाइन काटिदिन्छन
MCC लाई खुसी बनाउन कुलमान लागेको आरोप पनी लगाए....
Spread the love


काठमाण्डौ, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू सहभागी हुने कार्यक्रम हुने ठाउँमा विद्युत् आपूर्तिमा अनावश्यक अवरोध पुर्‍याइएको भन्दै आरोप लगाएका छन्। उनले सो आरोप नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई लगाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साम्पाङले भनेका छन्
"कुलमान घिसिङ जी, भोजपुर गएँ लाइन काटिदिनु भो, ताप्लेजुङ गएँ लाइन काटिदिनु भो, संखुवासभा गएँ त्यहाँ पनि लाइन काटिदिनु भो। अब हेटौडा जाँदैछु, त्यहाँ नि काटिदिनु है! MCC लाई खुसी बनाउनु, प्रभुशक्तिलाई खुसी पार्नु!

हर्कका अनुसार आफू जहाँ–जहाँ कार्यक्रममा सहभागी हुन गएको भए पनि सो समयमा विद्युत् अवरुद्ध हुँदा जनताले दुःख पाएका छन्। यसलाई ‘राजनीतिक हस्तक्षेप’ र ‘उद्देश्यप्रेरित अवरोधको रूपमा हर्कले व्याख्या गरेका छन्।

यस आरोपबारे ऊर्जा मन्त्रालय वा मन्त्री कुलमान घिसिङतर्फबाट भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल बनेपछि यस विषयमा राजनीतिक वृत्तमा थप बहस सुरु भएको छ।