Spread the love
Spread the love
आफ्नै जिल्ला रुकुम पश्चिममा जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन
.
Spread the love

काठमाण्डौ, माओबादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठनपछि पहिलोपटक आफ्नो गृहजिल्ला पुगेका नेता जनार्दन शर्मा ‘प्रभाकर’लाई स्थानीय युवाहरुले कालो झण्डा देखाएर विरोध जनाएका छन्।

शर्मा आइतबार बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत खलंगा अवतरण गरेका थिए। विमानस्थलबाट निस्कने क्रममा उनलाई लक्षित गर्दै केही युवाहरूले सडक छेउमै उभिएर कालो झण्डा प्रदर्शन गरे।

विरोध प्रदर्शन बढ्ने संकेत देखिएपछि सुरक्षाकर्मीहरूलाई अतिरिक्त रूपमा परिचालन गरिएको जिल्ला प्रशासन रुकुम पश्चिमले जनाएको छ।