Spread the love
Spread the love
नेपाली कम्युनिस्ट पार्टीको घोषणा: सातै प्रदेशमा एकता सन्देश सभा

पार्टीले देशभर एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको बताइएको छ।
Spread the love

काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा “एकता सन्देश सभा” आयोजना गर्ने तयारी गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पेरिसडाँडामा बसेको बैठकले आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि सुदृढ बनाउन र अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको हो।

बैठकले पार्टीका जनवर्गीय, मोर्चा र सहायक संगठनहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका संरचनासँग समन्वय गरेर जनपरिचालन तीव्र बनाउन निर्देशन दिएको छ।

हालै कात्तिक १९ गते सम्पन्न एकता राष्ट्रिय सम्मेलनपछि पूर्व माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० कम्युनिस्ट दलहरू एकीकृत भई “नेपाली कम्युनिस्ट पार्टी” गठन भएको थियो। नयाँ पार्टीले देशभर एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ।