Spread the love
Spread the love
नेपालको चमत्कारी प्रदर्शन: भारत ४५ रनमै ध्वस्त, ९२ रनले विजयी भयो नेपाल
जितसँगै नेपालले प्रतियोगितामा आफ्नो पहिलो विजय दर्ता गरेको छ ।
Spread the love



काठमाण्डौ,हङ्कङ् सुपर सिक्सेज क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै भारतलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

१३८ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतीय टोली ४५ रनमै समेटिँदा नेपाली खेलाडीको उत्साह चरममा पुगेको थियो। नेपालका तर्फबाट रशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ५५ रनको विस्फोटक ब्याटिङसँगै ३ विकेट पनि लिएका थिए।

साथमा बलिङतर्फ अन्य नेपाली खेलाडीहरूले पनि संयमित र आक्रामक खेल प्रस्तुत गरे। यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो पहिलो विजय दर्ता गरेको छ ।