Spread the love
Spread the love
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुने
रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियान पनी नेपाली कम्युनिष्ट पार्टीसँग एकीकृत हुन लागेको छ। #Junelimedia
Spread the love

काठमाडौं । भीम रावल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुन तयारी अवस्थामा रहेका छन् । रावल नेतृत्व गरेको मातृभूमि जागरण अभियान पनि सो पार्टीसँग एकीकृत हुने भएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सह–संयोजक माधवकुमार नेपाल र रावलबीच हालै भएको छलफलमा एक साताभित्र औपचारिक एकता गर्ने सहमति बनेको छ।

रावलले केही समयदेखि मातृभूमि जागरण अभियानमार्फत देशभर गतिविधि सञ्चालन गर्दै आएका थिए। उनी पछिल्ला दिनमा नेपाली कम्युनिष्ट पार्टीसँग निरन्तर संवादमा रहेका थिए।

आइतबार हात्तीवनमा भएको भेटवार्तामा रावलले पार्टी एकताको प्रमुख आधार राष्ट्रिय स्वाधीनता हुनुपर्ने धारणा राखेका थिए। छलफलमा सहभागी एक नेताका अनुसार रावल छिट्टै औपचारिक रूपमा पार्टीमा प्रवेश गर्ने तयारीमा छन्।