काठमाडौं । Terhathum Power Company Limited ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीले गत वर्षको सोही अवधिसँग तुलना गर्दा शुद्ध नाफा २२.१९ प्रतिशतले बढाउँदै लगानीकर्तामा सकारात्मक संकेत दिएको छ।
नाफा वृद्धि सँगै कम्पनीको उत्पादन र आम्दानीमा स्थिर प्रगति देखिएको छ। ऊर्जा उत्पादनमा सुधार, व्यवस्थापनको दक्षता र खर्च नियन्त्रणका कारण कम्पनीले स्थायी लाभ कमाउन सफल भएको विश्लेषण गरिएको छ। कम्पनीको चुक्ता पुजी ८० करोड रुपैया रहेको छ ।
हाल कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. २८.१२ रहेको छ, जुन हाइड्रोपावर क्षेत्रका लागि प्रतिस्पर्धात्मक स्तरमा मानिन्छ। विश्लेषकहरूले यसलाई दीर्घकालीन लगानीका दृष्टिले आकर्षक परिणामका रूपमा व्याख्या गरेका छन ।

