Spread the love
Spread the love
राजा फर्काउन शाही युवा शक्तिले देशव्यापी आन्दोलन गर्ने
निर्णायक आन्दोलन गर्ने घोषणा...
Spread the love

काठमाण्डौ,शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले देशमा पुनः राजसंस्थाको स्थापना अनिवार्य भएको भन्दै सबै राष्ट्रप्रेमीलाई सडकमा उत्रिन आह्वान गरेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले वर्तमान संकटको समाधान राष्ट्रपति भवनमा होइन, निर्मल निवासमा रहेको बताएका थिए। उनका अनुसार, जबसम्म जनता एकजुट भई पूर्वराजा ज्ञानेन्द्र शाहलाई हात्तीमा चढाएर नारायणहिटी भित्र्याउँदैनन्, देशमा सुख, शान्ति र समृद्धि सम्भव छैन।

उनले भने, राजसंस्था नेपाली जनताको साझा सम्पत्ति हो। राष्ट्रिय एकता र सार्वभौमसत्ताको प्रतीकका रूपमा यसलाई पुनर्स्थापना गर्नु अपरिहार्य छ। ढिलो नगरौं, सबैले सडकमा निस्केर समर्थन जनाऔं।

खड्काले कात्तिक २२ गते शनिबार देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गर्दै सरकारले त्यसलाई रोक्ने हिम्मत गर्न चुनौती दिएका छन्। उनले राष्ट्रवादी र राजावादी सबैलाई घर–घरबाट उठ्न र आन्दोलनमा सहभागी हुन आह्वान गरे।