Spread the love
Spread the love
रवि लामिछाने बिना रास्वपाको अस्तित्व कल्पना गर्न सकिन्न: तोसिमा कार्की
#rabilamichhane
Spread the love

काठमाण्डौ, राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ डा. तोसिमा कार्कीले पार्टीका संस्थापक अध्यक्ष रवि लामिछाने रास्वपाको अविभाज्य हिस्सा भएको बताएकी छन्। उनका अनुसार, रवि लामिछाने बिना रास्वपाको अस्तित्व कल्पना गर्नै नसकिने अवस्था छ।

शुक्रबार पार्टीद्वारा आयोजना गरिएको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, रविले यो पार्टीको बीउ रोप्नुभएको हो। जसले स्थापना गर्छ, उसको भूमिका सधैं महत्वपूर्ण रहन्छ।

डा. कार्कीले रास्वपाभित्र वैचारिक तथा संगठनात्मक पुनर्संरचनाको आवश्यकता रहेको बताउँदै नेतृत्व परिवर्तनभन्दा बढी संस्थागत सुधारमा ध्यान दिनुपर्नेमा जोड दिइन्। उनका अनुसार, पार्टीको केन्द्रीय नेतृत्व भन्नाले कुनै एक व्यक्तिलाई होइन, सम्पूर्ण संरचनालाई बुझिनुपर्छ — जसमा समिति, पदाधिकारी र सचिवालय समावेश छन्।

उनले पार्टी यथास्थितिमा अड्किनु हुँदैन भन्दै नयाँ पुस्ताको भावनालाई आत्मसात् गरेर अघि बढ्नुपर्ने सुझाव दिइन्। उनका शब्दमा, “हाम्रो उपस्थितिमा नै युवा पुस्ता सडकमा उत्रिनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ रास्वपाले खोज्नुपर्छ।

डा. कार्कीले रास्वपाले अब वैकल्पिक मात्र होइन, जिम्मेवार मध्यमार्गी राजनीतिक शक्तिको रूपमा विकसित हुनुपर्ने बताइन्। साथै, अन्य वैकल्पिक शक्तिहरूलाई पनि साथमा लिएर सुशासन र भ्रष्टाचारविरुद्ध साझा अभियान अघि बढाउनुपर्ने धारणा राखिन्।