Spread the love
Spread the love
माओबादी र एकिकृत समाजबादी एकता रोक्न ओलीले ढोक्सा थाप्ने षड्यन्त्र गरे:- रावल
माओबादीसंग एकतामा जान लागेकालाई ओलीले भ्रम फिजाएर ढोक्सो थाप्ने चाल चालेको आरोप रावलले लगाए...
Spread the love

काठमाडौं, नेकपा (एमाले) का पुर्व नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्ने निर्णय सार्वजनिक भएपछि ओलीले एमाले छोडेर गएका नेताहरूलाई पुनः एमालेमा फर्किन सामाजिक सञ्जाल फेसबुक मार्फत आग्रह गरेका थिए।


तर, नेता रावलले ओलीको उक्त आग्रहलाई “शब्दजाल र भ्रम फैलाउने प्रयास” को रूपमा व्याख्या गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, साँच्चिकै अहिलेको विषम परिस्थितिमा जबज अनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्षअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटाएको कुरा गर्नुपर्थ्यो।”

उनले थप लेखेका छन्, विगतका गल्ती–कमिहरू र भदौ २३ र २४ गते भएका अकल्पनीय घटनामा राष्ट्रले व्यहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्ने थियो। त्यो केही नगरी शब्दजाल र भ्रम फिजाएर माओवादीमा जान नचाहने समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चाल बाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।