Like this:

भदौ २३ को घटनामा संलग्नलाई उन्मुक्ति, २४ कोलाई कारबाही स्विकार्य हुन्न :- बाबुराम भट्टराई
Grn z

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गते भएका घटनाबारे बनेको उच्चस्तरीय छानबिन आयोगले छिट्टै निष्कर्षमा पुग्नुपर्ने बताएका छन्।



उनका अनुसार आयोगले छानबिन सकेर प्रतिवेदन बुझाएपछि अन्तरिम सरकारले त्यसकै आधारमा आवश्यक कदम चाल्नुपर्छ। उनले भने, यदि २३ गतेका घटनालाई बेवास्ता गरी २४ गतेका संलग्नमाथि मात्र कारबाही गरियो भने, त्यसले जनआन्दोलनको भावना र न्यायका मूल सिद्धान्त विपरीत काम गर्ने जोखिम रहनेछ।

भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “क्रिया र प्रतिक्रियाबीचको सम्बन्ध तोड्ने प्रयास प्राकृतिक नियमविरुद्ध हुन्छ। जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्छ।”

उनले लेखेका छन्,
भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यस विपरीत २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरीत हुन जान्छ। साथै क्रिया (Action) र प्रतिक्रिया (Reaction) को अन्तरसम्बन्धवारे स्थापित प्राकृतिक नियम विपरीत पनि हुन्छ।

जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्।

Like this: