काठमाण्डौ,नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गते आफ्नै घरमा भएको आगजनीमा नेकपा एमालेका स्थानीय नेतासमेत संलग्न रहेका खुलासा गरेका छन् ।
त्यस दिन म घरमै थिएँ,थापाले भने, सभापति देउवाजीसँग सरकार छोड्नेबारे कुरा गर्दै थिएँ, प्रदीप पौडेलसँग पनि फोनमा कुरा भइरहेको थियो।
थापाले भने, एमाले अध्यक्ष केपी ओलीका निकट मेरै टोलका एक स्थानीय नेता जो पहिले चुनाव पनि लडेका थिए उनी पनी मेरो घर जलाउन आए।
उनका अनुसार, ती व्यक्ति सरकारमा संलग्न दलका प्रतिनिधि भएर पनि आन्दोलनको अराजकताबाट फाइदा उठाइरहेका थिए। सरकारमा रहेका व्यक्तिले नै सरकारविरुद्धको क्रोधको उपयोग गरे,थापाले भने, आफैं सरकारमा हुँदा पनि त्यस्तो काम गर्नु विडम्बना हो।
थापाले आफ्नो घरमा आएको भीड र आगजनी गर्नेहरुलाई CCTV फुटेजमा देखिएको बताउँदै थपे, “एकजना काभ्रेका व्यक्ति थिए, भर्खरै बलात्कार मुद्दाबाट छुटेका, पुरानो राजनीतिक दलसँग पनि आबद्ध थिए।”
उनले भने, पुराना मात्र होइन, नयाँ दलका नेताहरु पनि त्यही तोडफोडमा सहभागी थिए। मैले पछि केहीलाई सन्देश पठाएर सोधेको थिएँ, मेरो घर जलाउँदा कस्तो लाग्यो?’
उनका अनुसार, २३ र २४ गतेका विरोध प्रदर्शनमा धेरै युवाहरुको genuine असन्तुष्टि प्रकट भएको थियो, तर केहीले त्यस अवसरको दुरुपयोग गरे।

