Spread the love
Spread the love
केपी सामू लम्पसार पर्न तयार हुनेहरू एमालेमा गए हुन्छ : माधव नेपाल
कडा चेतावनी
Spread the love

काठमाण्डौ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग पुनः एकता गर्न चाहने नेताहरूलाई पार्टी छोडेर जान चेतावनी दिएका छन्।

बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा एमालेविरुद्ध गरिएको विद्रोह औचित्यपूर्ण रहेको बताउँदै उनले भने, हाम्रो विद्रोहको कारण स्पष्ट छ, त्यसको औचित्य छैन भन्नेहरू वास्तवमा केपी ओलीको पछि लाग्न तयार भएका हुन्।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, रामकुमारी झाक्री लगायत केही नेताहरूले एमालेसँगको विभाजनको कारण पुनः समीक्षा गर्नुपर्ने धारणा राखेका थिए। तर अध्यक्ष नेपालले भने पार्टीले लिएको निर्णय सही रहेको र एमालेमा फर्किने प्रसंग उठाउनु नै अनुचित भएको टिप्पणी गरे ।