Like this:

संसद पुनःस्थापना गरी ३ महिनाभित्र चुनाव गरौँ: केपी ओली
केपीको नयाँ सर्त

काठमाण्डौ, नेकपाक एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरी नयाँ सरकार गठन गर्नुपर्ने सुझाव दिएका छन्। मंगलबार ‘नेपाल मानव अधिकार अलायन्स’ का प्रतिनिधिहरूसँगको भेटमा उनले संसद् बाहिरका व्यक्तिलाई समेत प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्दै चुनावमुखी सरकार बनाउने विचार प्रस्तुत गरेका हुन्।

भेटमा सहभागी नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिमालका अनुसार, ओलीले संविधान संशोधनमार्फत संसद् सदस्य नभएको व्यक्ति पनि दलहरूको सहमतिमा राष्ट्रपति मार्फत प्रधानमन्त्री नियुक्त हुन सक्ने प्रावधान राख्नुपर्ने प्रस्ताव गरेका छन्। उनले आफू पुनः प्रधानमन्त्री बन्न नखोज्ने स्पष्ट गर्दै राजनीतिक सहमतिको आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताए।

ओलीले जेन–जी आन्दोलनसहित सबै पक्षको सहभागितामा सर्वदलीय सरकार गठन गरी तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने योजना अघि सारेका छन्। उनको भनाइ अनुसार, यस्तो व्यवस्था कार्यान्वयन भएमा फागुन २१ गते नै नयाँ प्रतिनिधिसभा निर्वाचन सम्भव हुनेछ।उनको मतमा, संविधान र लोकतान्त्रिक प्रक्रियालाई पुनः सुदृढ बनाउन दलहरूबीच अग्रिम सहमति आवश्यक छ। प्रधानमन्त्रीबाट अपदस्थ भएपछि ओलीले वर्तमान सरकारलाई असंवैधानिक भन्दै निरन्तर आलोचना गर्दै आएका छन्, जबकि अन्य दलहरू निर्वाचनमा जाने तयारीमा छन्।

Like this: