आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान सवा ११ बजे खेल सुरु हुनेछ।
हाल नेपाल उत्कृष्ट फर्ममा रहेकोले आजको खेलमा अमेरिकाविरुद्ध बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
लिग २ का बाँकी खेलहरू जित्नुपर्ने दबाब बीच नेपाली टोली उत्साहका साथ मैदानमा उत्रिँदैछ।
टी–२० विश्वकप छनोट प्रतियोगितामा उपाधि जितेपछि नेपाल सीधा ओमानबाट सिधै युएई पुगेको हो।
यस श्रृंखलामा नेपालले अमेरिका र युएई सँग दुई–दुई खेल खेल्ने तालिका छ।
