Like this:

२०८३ सालको दशैंको टिका कार्तिक ४ गते र तिहारको टिका कार्तिक २५ गते
dashai

काठमाण्डौ, आगामी वर्ष २०८३ सालको बडादशैं विजयादशमी कार्तिक ४ गते परेको छ भने तिहारको भाइटिका कार्तिक २५ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, २०८३ सालमा दशैं र तिहार दुवै पर्व कात्तिक महिनामा पर्न पुगेका हुन्।

महानवमी कार्तिक ३ गते पर्छ। त्यसपछि दशैंको टीका र जमरा ग्रहणको दिन कार्तिक ४ गते देशभर हर्षोल्लासका साथ मनाइनेछ।



यस्तै, तिहारको पहिलो दिन काग तिहार कार्तिक २१ गते, कुकुर तिहार २२ गते, लक्ष्मीपूजा २३ गते, गोवर्धन पूजा २४ गते र भाइटीका कार्तिक २५ गते पर्नेछ।

हिन्दूहरूको महान पर्व दशैं र तिहार नेपालभरका घर–घरमा धुमधामका साथ मनाइने दुई प्रमुख चाड हुन्। सरकारी बिदा पनि सोही अनुसार तय हुनेछ।

चन्द्रमा र ग्रहस्थितिको आधारमा निर्धारण गरिने नेपाली पर्वहरूको मिति यसपालि केही ढिलो परेको समितिले जनाएको छ।

Like this: