काठमाण्डौ, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारप्रति असन्तुष्टि जनाउँदै माईतिघर मण्डला केवल सुधन गुरुङका पक्षमा प्रयोग गरिएको आरोप लगाएका छन्।
उनका अनुसार मण्डला सबै नागरिकका लागि खुला सार्वजनिक स्थान हो, कुनै एक समूह वा नेताका समर्थकको लागि मात्रै होइन। उनले भने, वालेन, सुधन वा गृहमन्त्रीका पक्षधरहरूको मात्र प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तको अपमान हो।
फेसबुकमार्फत पोखरेलले लेखेका छन् कि सरकारले विगत बिहीबार प्रहरीको उपस्थितिमै सुधन गुरुङलाई मण्डलामा कोणसभा गर्न अनुमति दियो, तर शनिबार विरोध प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनका सहभागीहरूलाई पक्राउ गरियो।
सरकारले गुरुङ समूहबाहेक अन्यलाई प्रदर्शन गर्न रोक लगाउने र पक्राउ गर्ने नीतिविरुद्ध अन्य जेनजी समूहहरूले पनि विरोध जनाइरहेका छन्। शनिबारको प्रदर्शनमा ५० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
