Spread the love
Spread the love
गृहमन्त्री अर्यालको गर्जन: केपी ओली कानुनभन्दा माथि बस्ने दिन गयो
kp oli
Spread the love


काठमाडौं, गृहमन्त्री ओम प्रकाश अर्यालले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि हुनै सक्दैनन् भन्ने कडा टिप्पणी गरेका छन्।

केपी ओलीले केही दिनअघि सरकारले आफूलाई पक्राउ गर्न सक्दैन भन्दै दिएको चुनौतीबारे पत्रकारहरूले प्रश्न सोध्दा गृहमन्त्री अर्यालले भने, त्यो भनेको कानुन नमान्ने घोषणा जस्तै हो। अब कुनै पनि व्यक्ति वा नेता कानुनभन्दा माथि बस्ने समय सकिएको छ।

अर्यालका अनुसार अतीतमा यस्तो अवस्था देखिए पनि अहिलेको प्रणालीमा कानुन सबैका लागि बराबर हुने स्पष्ट सन्देश दिनु जरुरी छ।

अर्यालले केही राजनीतिक दलहरूले द्वन्द्वकालमा लुटिएका हतियार अझै फिर्ता नगरेको आशंका व्यक्त गर्दै ती दलहरूले स्वघोषणा गरी शान्ति र अहिंसाको बाटो रोज्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री ओलीले सोही विषयमा सरकारलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए। त्यसको जवाफमा गृहमन्त्रीले कानुनी राज्यमा कुनै पनि व्यक्ति असम्बद्ध रहन नपाउने बताए।