Like this:

कांग्रेस र एमालेले देश जलाएर अरुलाई दोष दिए: वालेन
एमाले कांग्रेसलाई झड्का

काठमाडौं महानगरका मेयर बालेन साहले जेन–जी आन्दोलनका घटनाबारे कडा टिप्पणी  गरेका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले नेपाली कांग्रेस र एमालेले एकअर्काको घर जलाएर दोष अरूलाई दिएको आरोप लगाए।

उनका अनुसार आन्दोलनको समयमा एमालेले कांग्रेसका घरहरू जलायो र कांग्रेसले एमालेका, तर अन्ततः दोष निर्दोष जनतामाथि थोपारियो।

उनले फेसबुकमा यस्तो लेखेका छन्, 

'तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,

यो देश विदेशीले बिगार्यो,

भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,  

अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,  

काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?'

Like this: