Spread the love
Spread the love
वहुमत ल्याउने लक्ष्यका साथ रास्वपा निर्वाचनमा होमीने
रास्वपाको तयारि
Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी तीव्र पार्न आग्रह गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले संसद् पुनर्स्थापना असम्भव रहेको संकेत गर्दै नयाँ जनादेशमार्फत मात्र देशले अगाडि बढ्न सक्ने बताएका छन्।

अर्यालका अनुसार रास्वपा नयाँ दल मात्र होइन, देशको मुख्य राजनीतिक शक्तिका रूपमा उदाउँदै गएको छ। उनले पार्टीका कार्यकर्तालाई आगामी निर्वाचनमा रास्वपालाई सबैभन्दा ठूलो दलका रूपमा स्थापित गर्न एकजुट भएर लाग्न आग्रह गरे।


उनले भने, “एकल बहुमत आयोस् वा नआओस्, जनताको विकल्पको रूपमा रास्वपालाई अग्रस्थानमा पुर्‍याउन सबै मिलेर काम गर्नुपर्छ।”

सो कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य सन्तोष परियार र नेतृ सोबिता गौतमले पनि ताजा जनादेशमा गएर देशलाई राजनीतिक स्थिरता दिलाउनु आवश्यक रहेको धारणा राखे।