काठमाण्डौ/ नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड भन्छन हिजो जसले माओबादीलाई आतंककारी भन्थे, आज तिनीहरु जन–जी आन्दोलन कारीलाई आतंककारी भन्दैछन्। शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
प्रचण्डका अनुसार अहिले देशमा दुई धारका विचारहरू छन् एउटा पक्षले जन–जी आन्दोलनलाई आतंककारी गतिविधि भन्दै आलोचना गरिरहेको छ। उनले भने तपाईंहरूले सुन्नुभएको होला, जेनजीको आन्दोलनलाई पनि आतंककारीहरूको आन्दोलन भनिँदैछ।
प्रचण्डले थपे, हिजो हामीले पनि उत्पीडित वर्ग, जात, लिंग र समुदायका हकका लागि आन्दोलन गर्दा त्यस्तै आरोप सुन्नुपरेको थियो। त्यसबेला हामीलाई पनि पश्चगामी तत्वले आतंककारीको संज्ञा दिन्थे।
