Spread the love
Spread the love
फागुन २१ को निर्वाचन बहिस्कार गर्ने  केपी ओलीको घोषणा
.
Spread the love



काठमाडौं, असोज ३१ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा एमाले सहभागी नहुने बताएका छन्।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापन सत्रमा सम्बोधन गर्दै उनले पार्टीले संसद् पुनःस्थापनाको पक्ष लिँदै आएको कारण आगामी निर्वाचनमा सहभागी नहुने निर्णय सुनाएका हुन्।

बुधबारदेखि जारी बैठक आज सकिएको हो। अध्यक्ष ओलीको उक्त अभिव्यक्तिपछि बैठकमा केही समय विवाद उत्पन्न भएको बताइएको छ। उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भने उक्त घोषणाप्रति असहमति जनाउँदै फरक मत राखेका थिए।