Spread the love
Spread the love
संसद पुनःस्थापनाको पक्षमा एमालेमा सर्वसम्मत निर्णय भएको छ: शंकर पोखरेल
अदालत जाने तयारीमा एमाले....
Spread the love

काठमाण्डौ/नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको बताएका छन्।

शुक्रबारदेखि अध्यक्ष केपी शर्मा ओलीको गुण्डु निवासमा बसेको बैठकले संसद विघटन असंवैधानिक भएकाले पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको थियो। 

‘केन्द्रीय सचिवालयको ५८ औं बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको छ,’ शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन्।

एमाले सचिवालय बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा मत विभाजित भएको थियो। अधिकांश सदस्यले अध्यक्ष ओलीको प्रस्तावविपरीत धारणा राखे पनि अन्तिममा सर्वसम्मत निर्णय गरेको प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधिसभा विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको विघटन बदर गरी प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ, पोखरेलले भने।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएपछि प्रतिनिधिसभा विघटन भएको थियो।