Spread the love
Spread the love
बालेन र सुदनविरुद्द नेविसंघले दियो फौजदारी अभियोगको जाहेरी
कांग्रेस संवद्द विद्यार्थी संगठनको उजुरी...
Spread the love

काठमाण्डौ/ २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहितका विभिन्न सरकारी, निजी र राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड र आगजनीका घटनामा संलग्नता रहेको आरोप लगाउँदै नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका अध्यक्ष सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ।

नेविसंघले उनीहरूलाई आन्दोलनमा घुसपैठ गराएर उक्साउने, विद्यालय पोसाकमै विद्यार्थीहरूलाई सडकमा उतार्ने र त्यस क्रममा गोलीकाण्डसम्म घट्न पुगेको जिम्मेवारीसमेत उनीहरूकै भएको दाबी गरेको छ।

संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा दर्ता गराइएको जाहेरीमा बालेन र सुदनले भिड परिचालन गरी राष्ट्रिय सम्पदा, सरकारी तथा निजी सम्पत्ति क्षति पुर्‍याएको, लुटपाटसमेत गराएको उल्लेख छ।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियुले पनि बालेन्द्र शाह र सुदन गुरुङविरुद्ध देशभरका प्रहरी कार्यालयहरूमा जाहेरी दिएका थिए। अनेरास्ववियु र राष्ट्रिय युवा संघले उनीहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै बाँके, दाङलगायतका जिल्लामा प्रदर्शन गरेका थिए। यता, शनिबार काठमाडौंमा आयोजना गर्न लागिएको अनेरास्ववियुको बृहत् मोटरसाइकल र्‍यालीलाई काठमाण्डौ जिल्ला प्रशासनले अनुमति नदिई रोक लगाएको थियो।