Spread the love
Spread the love
प्रचण्ड र परिवारविरुद्धको ‘भ्रामक प्रचारप्रति’ माओवादी केन्द्रको कडा आपत्ति
..
Spread the love

काठमाण्डौ / नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारविरुद्ध हालै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका असत्य र प्रायोजित सामग्रीबारे पार्टीले कडा आपत्ति जनाएको छ।

प्रचण्डको सचिवालयका प्रमुख स्वकीय सचिव तथा केन्द्रीय सदस्य गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा संकटको अवस्थामा पार्टी नेतृत्वमाथि नियोजित रूपमा तथ्यहीन प्रचार गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यमहरूले समाचार तयार गर्दा सत्यता, विश्वसनीय स्रोत र सम्बन्धित पक्षको प्रतिक्रिया सुनिश्चित गर्नु पत्रकारिताको न्यूनतम आचारसंहिता हो भन्ने कुरा समेत स्मरण गराइएको छ।

सचिवालयले जेनजी आन्दोलनअघि २ वटा ट्रकमा २ करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको” र गंगा दाहालको घरमा ८ जना सुरक्षाकर्मी तैनाथ गरिएको जस्ता दाबीहरूलाई पूर्णरूपमा निराधार बताएको छ। साथै, ती दाबीहरूको प्रमाण पेश गर्न कडा चुनौती दिइएको छ।



आरोप लगाउने उक्त व्यक्तिलाई सामान्य मान्छेले समेत सजिलै बुझ्न सक्ने २ करोड रुपैयाको परिमाण कति हुन्छ भन्ने समेत ख्याल नभएको, आरोप लगाउदा पनी आफ्नै बेइज्जत हुनेगरी लगाएको, २ करोड पैसा बोक्न २वटा ट्रक चाहिन्छ भन्दै सामाजिक संजालमा उनको  आलोचना भैरहेको छ, उनिविरुद्द साइवर ब्युरोमा उजुरी समेत परिसकेको छ ।