काठमाण्डौ/बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अत्यन्तै कठोर टिप्पणी गरेका छन् ।
पासवानले ओलीलाई तीव्र भाषामा आलोचना गर्दै भने —
बालुवाटारबाट लात्तीको डरले भाग्नेले अहिले गुण्डुमा गुण्डा राखेर शेर बन्न खोज्दैछ । नयाँ पुस्तालाई फेरि उचाल्ने प्रयास हुँदैछ उनले कडा टिप्पणी गरे।
पासवानका अनुसार देशमा शान्ति, सुशासन, समृद्धि र सुन्दर नेपाल निर्माणका लागि जेन–जी पुस्ता अघि बढिरहेको छ । उनले विश्वास व्यक्त गरे कि चुनावपछि देश सुन्दर र स्थिर दिशातर्फ अघि बढ्नेछ ।

त्यसक्रममा उनले नेपाली कांग्रेसमाथि पनि कडा प्रश्न उठाउँदै भने
आजको कांग्रेसी युवामा तागत छैन । यदि विपी कोइराला जीवित भएको भए उनले शेरबहादुरलाई बैठकबाट नै निकाल्ने थीऍ ।
