Spread the love
Spread the love
पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्रमा तीव्र गोलीबारी
दक्षिण एसियामा मडारियो युद्द्को वादल.....
Spread the love



काबुल/खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्डलगायतका सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीबीच भिडन्त भएको विभिन्न अन्तर्राष्ट्रिय सन्देश माध्यमहरूले उल्लेख गरेका छन्।

अफगान तालिबानका लडाकुहरूले पाकिस्तानी सीमा चौकीहरूमा आक्रमण गरेपछि सम्बन्ध फेरि तनावपूर्ण बनेको बताइन्छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गोलीबारी अफगान पक्षबाट सुरु भएको र त्यसपछि पाकिस्तानले प्रत्युत्तरस्वरूप कारबाही गरेको हो।
एकैपटक छ भन्दा बढी स्थानमा भिडन्त भएको बताइएको छ।



अफगान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीका अनुसार पाकिस्तानले गत  हप्ता राजधानी काबुलमा हवाई हमला गरेको थियो, र हालको आक्रमण त्यसको जवाफी कदमका रूपमा गरिएको हो।