Spread the love
Spread the love
एमाले उपाध्यक्ष शाक्यले मागिन ओलीको राजीनामा
#kpoli
Spread the love




काठमाडौं/ नेकपा (एमाले) को सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको राजीनामाको माग उठेको छ।

शुक्रबार अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको बैठक करिब साढे छ घण्टा चलेको थियो। बैठकमा धारणा राख्ने क्रममा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले युवाहरूको आन्दोलनको भावना बुझ्दै ओलीले पार्टी अध्यक्ष पदबाट तत्काल राजीनामा दिनुपर्ने सुझाव दिइन्।

पार्टीभित्र देखिएको असन्तोष र युवा पुस्ताको भावना आत्मसात् गर्न ओलीले पद छोड्नुपर्छ,शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’,युवराज ज्ञवाली, विष्णु पौडेल, गुरू बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायतले पनि आफ्ना धारणा राखेका थिए।

शाक्यबाहेक अन्य नेताहरूले प्रत्यक्ष रूपमा केपी ओलीको राजीनामा माग नगरे पनि पार्टी पुनर्गठनका पक्षमा भने जोड दिएका छन्।