Spread the love
Spread the love
ओलीकै सिफारिसमा शुशिला प्रधानमन्त्री बनेको प्रचण्डको खुलासा
आफैले बनाएको सरकारलाई हा हु को सरकार नभन्न ओलीलाई प्रचण्डको.....
Spread the love

काठमाडौं, नेकपा केन्द्रका संयोजक प्रचण्डले हालको अन्तरिम सरकारको गठनबारे खुलासा गरेका छन्। उनले भने, प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको लिखित सिफारिसमा भएको हो।

प्रचण्डले पत्रकारहरूसँगको संवादमा बताए अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सिफारिस केपी ओलीले गरेका थिए। राष्ट्रपतिले पनि यही सिफारिसको आधारमा उहाँलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

प्रचण्डले एमाले अध्यक्ष ओलीले हावामा बनेको सरकार भन्ने टिप्पणीको खण्डन गर्दै भने, यो सरकार हावामा बनेको होइन, किनभने सिफारिस गर्ने व्यक्तिनै ओली हुनुहुन्छ।”

फरक प्रसंगमा प्रचण्डले आफ्नो व्यक्तिगत नेतृत्व र पार्टी नेतृत्वको भावी संरचनाबारे पनि स्पष्ट विचार व्यक्त गरे। उनले भने, म नै पार्टीको अध्यक्ष वा प्रमुख पदमा रहनैपर्नेमा छैन। मेरो स्वभाव र इतिहासले मलाई सक्रिय रहन प्रेरित गर्छ, तर नेतृत्व सधैं मेरो हातमा रहनुपर्छ भन्ने होइन।

उनले थपे पार्टीले अब निश्चित प्रक्रिया र विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व निर्माण गर्नुपर्छ। पुरानो नेतृत्वले भिन्न भूमिकामा गएर निकास दिने मार्ग खोल्नुपर्छ भन्ने दिशामा अघि बढिएको प्रचण्डले बताए।