Like this:

जेनजीलाई खरेलको अपिल : गुण्डुमा ओलीको सम्बोधन ‘विष बमन, चुनावमा पराजित गरिदिनुस
..

काठमाण्डौ / नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकहरूलाई आगामी चुनावमा हराइदिने चुनौती दिएका छन्।

फेसबुकमार्फत उनले ओली र महेश बस्नेतलाई एकादेशका शासक र सुसारेसँग तुलना गर्दै, अहंकार र घमण्ड नियन्त्रणका लागि जेनजी पुस्ताले आगामी चुनावमा उनीहरूलाई पराजित गर्नुपर्ने बताएका हुन। खरेलले ओली नेतृत्वको कारण देशमा अस्थिरता, अन्याय र भ्रष्टाचार बढेको कडा आरोप लगाएका छन्। उनले भने कि देशभर सडकमा उत्रिएका जेनजी पुस्तामाथि ओली र उनका समूहले अत्यधिक बल प्रयोग गरेर आफूलाई अधिनायक साबित गर्न खोजेको छ।

गत भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाप्रति ओली र महेश बस्नेतले कुनै पछुतो वा पीडा प्रकट नगरेको उल्लेख गर्दै खरेलले भने कि उनीहरूको अहंकारी र स्वार्थपरक व्यवहारले नै देशलाई यो स्थिति पुर्‍याएको हो।

खरेलले जेनजी पुस्ताको प्रतिरोधको सम्मान नगर्ने ओली र बस्नेतले लोकतन्त्रको मूल्यको सम्मान गर्ने कुरा हास्यास्पद र अनैतिक रहेको पनि बताए। उनले भदौ २३–२४ को घटनालाई अपमान गर्ने ओली र बस्नेतले फेरि आफू र पार्टीको असंवेदनशील र अराजनीतिक चरित्र पुष्टि गरेको टिप्पणी गरेका छन्।

रमेश खरेल

Like this: