Spread the love
Spread the love
एमालेको युवा संघलाई सभा र र्‍याली गर्न जिल्ला प्रशासनको रोक
.
Spread the love

काठमाण्डौ / जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले) निकट युवा संघ नेपाललाई शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली र सभा गर्न नदिने निर्णय गरेको छ।

युवा संघले भोली असोज २५ गते काठमाडौंमा शक्ति प्रदर्शनका लागि तीनकुनेबाट मोटरसाइकल र्‍याली सुरु गर्ने योजना बनाएको थियो। तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस वा सभा जस्ता गतिविधि सञ्चालन गर्न स्वीकृति नदिइएको बताएका छन्।

उनका अनुसार हालको सुरक्षा परिस्थिति संवेदनशील भएकाले यस्ता भीडभाडयुक्त कार्यक्रमले सुरक्षामा चुनौती सिर्जना गर्न सक्ने र जनसुरक्षामा असर पार्न सक्ने देखिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा विभिन्न समूह वा संगठनबाट हुने भनिएका र्‍याली, प्रदर्शन, सभा र जुलुसजस्ता गतिविधिहरुका कारण शान्ति–सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै त्यस प्रकारका कुनै पनि कार्यक्रममा अनुमति नदिने निर्णय गरिएको उल्लेख गरिएको छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले यसअघि असोज २५ गतेका लागि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेका थिए।