Spread the love
Spread the love
केपी ओलीको सुरक्षा कटौती सरकारको गम्भीर गल्ती : महेश बस्नेत
#kpoli
Spread the love

काठमाडौ/ नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्। सरकारको यो कदमलाई गम्भीर त्रुटी र राजनीतिक दुर्भावना स्वरूपको निर्णय भएको उनले बताएका छन्।

बस्नेतका अनुसार पूर्व प्रधानमन्त्री वा विशिष्ट व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नु हरेक देशको कानूनी र नैतिक दायित्व हो। सरकारले यो दायित्वबाट पन्छिन खोजेको देखिन्छ,तर, एमाले आफ्ना अध्यक्ष ओलीज्यूको सुरक्षा सुनिश्चित गर्न सक्षम छ।

उनले पूर्व प्रधानमन्त्री केपी ओलीमाथि कुनै पनि सुरक्षा जोखिम नहोस् भन्ने जिम्मेवारी सरकारले वहन गर्नुपर्ने उल्लेख गर्दै भने, पूर्व प्रधानमन्त्रीको सुरक्षा हटाउनु लोकतान्त्रिक परम्पराप्रति अनादर हो।”

गृहमन्त्रालयको निर्णय अनुसार मापदण्डभन्दा बढी सुरक्षा लिएका पूर्व प्रधानमन्त्रीहरू— केपी शर्मा ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको छ। सो निर्णयअनुसार ओलीको २७ जना र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता बोलाइने उल्लेख छ।