Like this:

जापानले कुवेतलाई हरायो, आज नेपालसंग खेल्ने
विदेशी मुलका खेलाडीको साथमा जापानले गर्यो तहल्का.....

आइसिसी टी–२० विश्वकप एसियाली छनोट खेलमा जापानले कुवेतमाथि पाँच विकेटको जित दर्ता गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ६ विकेट गुमाउँदै १७८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जापानले १९.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।


कुवेतका अलि जहिरले ४१ रनसहित उत्कृष्ट प्रदर्शन गरे भने यासिन पटेलले ४०, भेलोककरन आन्तो क्लिन्टोले ३४ र मीत भवसारले २९ रन जोडे।

बलिङतर्फ जापानका डिक्लेन सुजुकी म्याक्कोम्ब तीन विकेटका साथ सर्वाधिक सफल रहे। सवाद्रिस रविचन्द्रनले दुई र अब्दुल समादले एक विकेट लिए।

जापानका एसाम रहमानले ३९ बलमा ६४ रनको अर्धशतकीय पारी खेले। सवाद्रिस रविचन्द्रनले ३९, केन्डेल काडोवाकी फ्लेमिङले २८ र इब्राहिम ताकाहासीले २६ रनको योगदान गरे।

कुवेतका आकिफ फारुक, यासिन पटेल र सिराज सेरिफले प्रत्येकी एक–एक विकेट लिए।

यसअघि बुधबार कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो। अब जापान र नेपालबीचको खेल आज शुक्रबार हुनेछ। कुवेत भन्दा तुलनात्मक कमजोर मानिएको जापानले उत्कृष्ट प्रदर्शन गर्यो ।

Like this: