Spread the love
Spread the love
बालेनलाई आफ्नै गृह मन्त्रीले पक्रेला भन्ने डर छ: हर्क साम्पाङ
.
Spread the love

काठमाण्डौ / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) प्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

उनले बालेनले आफ्नै सरकार र गृहमन्त्रीको भयमा लामो स्टाटस लेखेको भन्दै व्यङ्ग्य गरेका छन्। हर्कका अनुसार, “एक वर्षमा मैले लेखेका सबै स्टाटसभन्दा पनि लामो लेख प्रहरीलाई बयान जस्तै लेख्नु असफलताको संकेत हो।

उनले थप प्रश्न गर्दै भनेका छन्, “जब आफ्नै प्रधानमन्त्री र गृहमन्त्री छन्, तब पनि प्रहरी किन आफ्नो हुँदैन?” उनले यसलाई राजनीतिक असफलता र राज्यप्रतिको दूरीको रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार, “देशलाई धोका दिने मानिसको सरकार आफ्नो भए पनि राज्य उसको हुँदैन, किनभने प्रहरी राज्यको अंग हो।”

यता, अनेरास्ववियुका केही नेताहरूले मेयर बालेन र सुदन गुरुङविरुद्ध जाहेरी दिएपछि बालेनले लामो सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका थिए।