Spread the love
Spread the love
कुवेतलाई नेपालले दियो १४२ रनको लक्ष्य
गुल्सन झाले हाने लगातार ३ छक्का
Spread the love

आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट–एसिया प्यासिफिक छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन जोड्न सफल भयो।

नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक खेल प्रस्तुत गर्दै सर्वाधिक ६६ रन बनाए।
१९औं ओभरमा नेपालले २७ रन जोड्दै रन गति बढाएको थियो, तर अन्तिम ओभरमा दुई विकेट गुमाउँदा थप ५ रन मात्रै जोड्न सक्यो। नतिजा स्वरूप नेपालले पुरै २० ओभरमा १४१ रनको योगफल तयार गर्‍यो।

अब कुवेतले जीतका लागि १४२ रनको लक्ष्य पछ्याउनेछ। नेपालका बलरहरू कुशल मल

ललित राजवंशीर सन्दीप लामिछानेबाट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ। खेल अब रोमाञ्चक मोडमा प्रवेश गर्न लागेको छ।