Like this:

मैले सकुन्जेल पार्टी नेतृत्व छाडदिंन : केपी ओली
#kpoli

नेकपा (एमाले) का अध्यक्ष केपी  ओलीले भर्चुअल बैठकमा आफूले तत्कालै पार्टी नेतृत्व नछोड्ने स्पष्ट संकेत दिएका छन्।

एमाले पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको बेला उनले जिल्ला र प्रदेशका पदाधिकारीसँगको भर्चुअल संवादमा, जबसम्म आफ्नो अडान, विचार र दृष्टिकोण कायम छ तबसम्म नेतृत्व जारी राख्ने बताएका छन् भन्ने जानकारी दिएका छन्।

जेन–जी आन्दोलनका कारण सत्ता गुमाएपछि ओली हाल गुन्डुस्थित भाडाको घरबाट पार्टीका गतिविधि सञ्चालन गरिरहेका छन्। सचिवालय बैठक असोज २४ र २५ गते, र त्यसपछि २७, २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ।

गण्डकी प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल छलफलका क्रममा ओलीले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आह्वान समेत गरेका छन्।

Like this: