Spread the love
Spread the love
एमालेले गर्यो मधेश प्रदेश सरकारलाई दिएको समर्थन
मधेस प्रदेश सरकार संकटमा
Spread the love

नेकपा (एमाले)ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश सभामुख रामचन्द्र मण्डलका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार आज संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारसँगको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

असोज ८ मा  कांग्रेसले पनि सिंह सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्था थियो, जसपछि सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री सिंहले एमालेलाई आजै राजीनामा दिने आश्वासन दिएका थिए। तर, उनले राजीनामा नदिइ आगामी असोज २८ मा विश्वासको मत लिने योजना बनाइरहेको कारण एमालेले समर्थन फिर्ता लिएको हो।

यसअघि भदौ २८ मा मुख्यमन्त्री सिंहकै पार्टी, जनमत पार्टी, ले पनि सरकारसँगको समर्थन फिर्ता लिइसकेको थियो। सभामुख मण्डलले भने अहिलेसम्म प्रदेश सभा सचिवालयमा नेकपा एमालेको समर्थन फिर्ताको आधिकारिक पत्र पाइएको छैन।