Spread the love
Spread the love
पार्टी नेतृत्व नसुध्रिएको भन्दै एमाले नेताले गरे पार्टी परित्याग
...
Spread the love

वीरगन्ज महानगरपालिका –२० का वडाध्यक्ष रामकिशोर सिंह परागले जेनजी पुस्ताप्रति पूर्ण समर्थन जनाउँदै नेकपा एमाले पार्टी छाडेका छन्। बुधबार उनले एमाले पार्टीमा अब साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

गत असोज ६ गते वीरगन्ज महानगरको एमाले उपाध्यक्ष पदबाट राजीनामा दिइसकेका परागले जन्मदिनको अवसर पारेर एमालेको साधारण सदस्यको रूपमा पनि राजीनामा दिएको घोषणा गरे। उनले भने, एमालेको नेतृत्वमा सुधार नदेखिएको र आफू त्यस्तो पार्टीमा बस्न नसक्ने निर्णय गरेपछि यो कठोर कदम चाल्नु परेको हो।