Like this:

सुशिला कार्की र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेता पक्राउको माग गरे: महेश वस्नेत
...

काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ विभिन्न शक्तिहरूको प्रभावमा परेर चलिरहेको आरोप लगाएका छन्। बुधबार साइबर ब्युरोमा बयान दिएपछि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रमेश लेखक र आफैँमाथि गरिएको अभियान कुनै स्वतन्त्र आन्दोलन नभएको दाबी गरे।

बस्नेतका अनुसार, ‘सुदन गुरुङलाई केही शक्तिहरूले अग्रपंक्तिमा राखेर राजनीतिक हिसाबकिताब मिलाउन खोजिरहेका छन्। बालेन शाहलगायतका योजनाअन्तर्गत सोसल मिडियामा ट्रेन्ड चलाएर र मिडिया ट्रायलमार्फत एमाले नेताहरूलाई निशाना बनाउने काम भइरहेको छ,’ उनले भने।

बस्नेतले भदौ २३ गतेको घटनाबारे बनेको छानबिन समितिले निष्पक्ष ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘मृत्यु भएको घटनाको सत्य बाहिर आउनुपर्छ, दोषी जो भए पनि कारबाही हुनुपर्छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।’

साथै उनले आन्दोलनको क्रममा सुरक्षाकर्मीको पोशाकमा शार्पसुटर प्रयोग भएको वा अन्य शक्ति संलग्न रहेको विषयमा पनि छानबिन गर्नुपर्ने माग गरे। बस्नेतले भने, ‘रवि लामिछानेलाई जेलमुक्त गराउने क्रममा संलग्न रहेका व्यक्तिहरूको पनि छानबिन हुनुपर्छ।

Like this: