पूर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई सरकारले गिरफ्तार गर्ने प्रयास गरेको आरोप लगाएका छन्। उनका अनुसार, राष्ट्र र जनताको पक्षमा बोल्ने भएकै कारण अहिलेको सरकारले आफूलाई लक्षित गरेको हो। उनले भनेका छन्, सरकारले मेरो राष्ट्रवादी विचार र जनहितका आवाज दबाउन खोजिरहेको छ।
बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेखेका छन्
करिब ६ महिनाअघि लेखिएको एउटा सामान्य स्टाटसलाई आधार बनाएर आफूविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ। उनका अनुसार, केही व्यक्तिहरू र उनीहरूका विदेशी सञ्जालले नियोजित रूपमा आफ्नो विरुद्ध मुद्दा दर्ता गराउने प्रयास गरेका थिए।
तर, साइबर प्रहरीमा उक्त मुद्दा अघि नै तामेलीमा रहेको र प्रमाण अभावका कारण काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको उनले बताएका छन्। अदालतको निर्णयप्रति आभार व्यक्त गर्दै बस्नेतले लेखेका छन् यो निर्णयले देखाएको छ कि न्याय अझै बाँचेको छ।

