Spread the love
Spread the love
ओली–लेखक पक्राउको माग गर्दै सामाजिक सञ्जालमा ट्रेन्डिङ अभियान सुरु
#kpoli #Genz
Spread the love

काठमाण्डौ / २३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा भएको दमन घटनाका जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजी पुस्ताका अगुवाहरूले अभियान थालेका छन्।



‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङसहितका जेनजी नेताहरूले सामाजिक सञ्जालमा अभियान सुरु गर्दै ‘द काउन्सिल अफ जेनजी’ नामबाट ट्रेन्ड चलाएका छन्। उनीहरूले सम्बन्धित व्यक्तिमाथि कारबाहीको माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।

सो घटनाको छानबिनका लागि गठन गरिएको आयोगले ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। आयोगले उनीहरूको पासपोर्ट रोक्का गर्ने र उपत्यका बाहिर जानुअघि अनुमति लिनुपर्ने निर्णयसमेत गरेको थियो।

जेनजी अगुवाहरू र पीडित परिवारले दुवै पूर्वअधिकारीलाई पक्राउ गरेर मात्र निष्पक्ष बयान लिनुपर्ने माग गरेका छन्।

भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा भएको गोली प्रहारमा ७६ जनाले ज्यान गुमाएका थिए। २३ र २४ भदौमा भएको आन्दोलनपछि तत्कालीन ओली सरकार पदमुक्त भएको थियो।