Spread the love
Spread the love
२६ दिनमै प्रधानमन्त्रीको राजीनामा, फ्रान्समा राजनीतिक अस्थिरता चुलियो
.
Spread the love

पेरिस / आर्थिक संकटसँगै फ्रान्स अहिले राजनीतिक अस्थिरतामा पनि फसेको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पदभार सम्हालेको मात्र २६ दिनमै राजीनामा दिएका छन्। उनी दुई वर्षको अवधिभित्र फ्रान्सका पाँचौँ प्रधानमन्त्री बनेका थिए, जसले पछिल्ला वर्षहरूमा सरकारले स्थायित्व गुमाएको संकेत गर्छ।

हाल फ्रान्सभर सरकारविरुद्ध प्रदर्शन तीव्र बनेको छ। प्रदर्शनकारीहरूले बढ्दो गरिबी र असमानताविरुद्ध आवाज उठाइरहेका छन्। फ्रान्सको तथ्यांक विभागका अनुसार पछिल्ला वर्षहरूमा देशमा आर्थिक असमानता झनै गहिरिँदै गएको छ।

यी प्रदर्शनहरूले राष्ट्रपति इमानुएल म्याक्रोँको पहिलो कार्यकालमा भएको ‘पहेंलो भेस्ट आन्दोलन’को सम्झना ताजा बनाएको छ। त्यतिबेला पनि बढ्दो इन्धन मूल्य र व्यापारमैत्री नीतिविरुद्ध देशभर हप्तौँ आन्दोलन चलेको थियो, जसले हिंसात्मक रूप पनि लिएको थियो।

अहिले फ्रान्स एकैसाथ राजनीतिक र आर्थिक संकटको दोहोरो दबाबमा परेको छ।