Like this:

बालुवाटारवाट भाग्न ढिला भएको भए मलाई मार्ने रहेछ : केपी ओली
सुरक्षाकर्मीहरूले हामी केही गर्न सक्दैनौ भनेको भन्दै गुनासो गरे....



काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आफू लक्षित भएको दाबी गरेका छन्। उनका अनुसार, सो दिन बालुवाटार छोड्न पाँच मिनेट ढिला भएको भए आन्दोलनकारीको आक्रमणमा ज्यान नै गुम्ने अवस्था बन्ने थियो।

ओलीले शुक्रबार भक्तपुरको गुण्डुवाट भनाइ राख्दै भने, “पाँच मिनेट ढिला भएको भए मार्ने तयारी नै थियो। शेरबहादुर देउवालाई घाइते पार्ने र मलाई समाप्त गर्ने योजना बनाइएको थियो।”

ओलीले घटनापछि सुरक्षा निकायको भूमिका कमजोर रहेको भन्दै असन्तुष्टि प्रकट गरे। उनका अनुसार, सुरक्षाकर्मीहरूले तत्कालीन अवस्थाबारे “हामी केही गर्न सक्दैनौं” भनेका थिए। उनले थपे, “त्यो दिन सेनाको सहयोगमा मात्रै उद्धार हुन सकेको थियो। हेलिकोप्टरमार्फत बालुवाटारबाट शिवपुरी लगिएको थिएँ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा विभिन्न सरकारी कार्यालय, सिंहदरबार र अन्य संरचनामाथि आगजनी तथा तोडफोड भएको थियो। सो क्रममा शीर्ष नेताहरूलाई लक्षित गर्ने योजना समेत रहेको अनुमान गरिएको थियो। ओलीको पछिल्लो अभिव्यक्तिले त्यस आशंकालाई थप प्रष्ट पारेको देखिन्छ।
प्रमुख राजनीतिक नेतृत्व नै असुरक्षित हुने अवस्था देखिएको भन्दै उनले राज्यका निकायलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्न ओलीले आग्रह गरे।
उनले चेतावनी दिँदै भने, “देशको नेतृत्व नै असुरक्षित हुने हो भने सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था कस्तो होला, सजिलै अनुमान गर्न सकिन्छ।

Like this: