Spread the love
Spread the love
हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा मागे
#harkasampang
Spread the love

काठमाडौं, धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीको राजीनामा माग गरेका छन्। उनले शुक्रबार बिहान आफ्नो आधिकारिक फेसबुक पेज “Harka Sampang A Revolution” मा लेख्दै, कार्कीले जेन–जेड आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन्।

साम्पाङले फेसबुक स्टाटसमा लेखेका छन्, “सुशिला जी… तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक–एक गरेर !”

हालैको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपश्चात् पूर्व मुख्य न्यायाधीश सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
युवाहरूले अघि सारेका माग पूरा गर्न सरकारले चाँडो कदम चाल्ने आशा गरिएको थियो। तर माग कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि बढ्दै गएको छ।

साम्पाङले जेनजी आन्दोलनकारीको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै आफू नेतृत्वमा आएमा “एक–एक गरेर माग पूरा गर्ने” दाबी गरेका छन्। उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ।