Like this:

माओवादी केन्द्रले जेन–जीलाई पार्टीका सबै कमिटीमा सहभागी गराउने
संविधान बनाउने बेलादेखि पार्टीले उठाउदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको समान माग गर्दै जेनजी आन्दोलन भएपछी माओबादी केन्द्र उत्साहित...


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै संरचनामा जेन–जी पुस्तालाई सहभागी गराउने निर्णय गरेको छ। हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीका सबै कमिटीमा जेन–जीलाई अधिकतम रूपमा समावेश गर्ने नीति लिएको हो।

बैठकले पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय पनि गरेको छ। सो आयोगले सम्पत्ति स्रोत, पारदर्शिता र आर्थिक अनुशासनबारे प्रतिवेदन पेश गर्ने माओवादी नेतृत्वको भनाइ छ।

त्यस्तै, नेताको पारिवारिक सदस्यहरूलाई राजनीतिक गतिविधिमा संलग्न गराउने वा नगर्ने विषयमा स्पष्ट कार्यविधि तयार गर्ने निर्णय भएको छ। नेपोटिजम नियन्त्रणका लागि कार्यविधि बनाएर पारिवारिक सदस्यबारे निर्णय गर्ने तथा संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति निर्माण गर्ने माओवादीको घोषणा छ।

बैठकले लिएको यी निर्णयलाई माओवादी केन्द्रले "पार्टीभित्रको सुधार, पारदर्शिता र नयाँ पुस्ताको नेतृत्व विकास" को महत्वपूर्ण कदमका रूपमा लिएको छ।

Like this: