Spread the love
Spread the love
जल्लाद Trend’ सुरु गर्न महेश बस्नेतको अपिल
एमालेलाई संकट परिरहेको वेलामा महेश बस्नेत पिल्लर वनेर उभिएका छन l
Spread the love


हाल सामाजिक सञ्जालमा चलिरहेका ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरूको प्रसंगमा नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रतिकारात्मक कडा कदम चाल्नुपर्ने बताएका छन्।

महेश बस्नेतको स्टाटसको फोटो

बस्नेतका अनुसार विदेशी शक्तिबाट प्रभावित र काठमाडौंका मेयर बालेन शाहसँग नजिक भएका समूहहरूले नेताहरूसँग फोटो वा भिडियो खिच्ने व्यक्तिलाई लक्षित गरेर सामाजिक अभियन्ता शैलीमा अभियान चलाइरहेका छन्।



बस्नेतले अब राष्ट्रवादी युवाले त्यसको प्रतिवादस्वरूप नयाँ अभियान सुरु गर्नुपर्ने उल्लेख गरेका छन्। उनले भने, “राष्ट्रको सम्पत्ति नष्ट गर्ने, मान्छे मार्ने वा व्यक्तिगत सम्पत्ति जलाउने प्रवृत्तिलाई सामाजिक सञ्जालमै सार्वजनिक गर्नुपर्छ। त्यसका लागि ‘जल्लाद Trend’ र ‘Expose Jallad’ नामका अभियान फेसबुक, टिकटक र इन्स्टाग्राममा चलाउनुपर्छ।



उनका अनुसार यो केवल व्यक्तिगत आक्रमणको विषय नभई राष्ट्रियता, शान्ति र सुरक्षासँग जोडिएको मुद्दा पनी हो।

बस्नेत एमालेका प्रभावशाली नेता  हुन् जेनजी आन्दोलन कारीले घर जलाइदिएपछी पार्टी अध्यक्ष केपी शर्मा ओली बस्नेतकै गाउँ गुण्डुमा बसिरहेका छन।