Spread the love
Spread the love
पोर्चुगलले भन्यो प्यालेस्टाइन स्वतन्त्र राष्ट्र हो
पोर्चुगलमा सन् २०११ देखि नै प्यालेस्टाइन मान्यताबारे बहस हुँदै आएको थियो।
Spread the love


लिस्बोन – पोर्चुगल सरकारले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने घोषणा गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सेप्टेम्बर २१ (आइतबार) औपचारिक घोषणा हुने बताइएको छ।

यो निर्णय संयुक्त राष्ट्रसंघको हालैको अनुसन्धान प्रतिवेदनसँग मेल खाने देखिन्छ, जसले इजरायलद्वारा गाजामा भएको कारबाहीलाई ‘नरसंहार’ सरह ठहर गरेको थियो।

प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यो कदम अघि बढाउनु अघि राष्ट्रपति र संसदसँग छलफल गरेको पनि उल्लेख गरिएको छ। पोर्चुगलमा सन् २०११ देखि नै प्यालेस्टाइन मान्यताबारे बहस हुँदै आएको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन्।



यसलाई अस्ट्रेलिया, क्यानडा, फ्रान्स, बेलायतसहित अन्य नौ देशले समर्थन गरेका छन्। तर अमेरिका र इजरायलले भने पोर्चुगलको कदमप्रति आपत्ति जनाएका छन्।

त्यस्तै, लक्जमबर्गका प्रधानमन्त्री र विदेशमन्त्रीले पनि आफ्नो देशले प्यालेस्टाइनलाई मान्यता दिने इच्छा प्रकट गर्दै इजरायलमाथि प्रतिबन्ध लगाउने विधेयक संसदमा पेस गर्ने तयारीमा रहेको बताएका छन्।