Spread the love
Spread the love
संगठन अप्ठ्यारोमा पर्दा भाग्ने अनेरास्ववियुका अध्यक्षलाई कार्यकर्ताको प्रतिरोध
असुरक्षा भएको भन्दै डा. कडरियाले भदौ २४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।
Spread the love

अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियामाथि आफ्नै नेता–कार्यकर्ताले असन्तुष्टि प्रकट गरेका छन्। शनिबार उनीहरूमध्ये केहीले कडरियाको नामपट्टी (नेमप्लेट) झिकेर आगो लगाउने मात्र नभई उनको तस्वीरसमेत तोडफोड गरेका छन्।

नेता–कार्यकर्ताहरूले संगठन अप्ठ्यारो अवस्थामा हुँदा जिम्मेवारी छाडेर भाग्ने नेतृत्वलाई फेरि पदमा फर्किन खोज्ने मनसायलाई अस्वीकार गर्दै यस्तो कदम उठाएको बताएका छन्। उनीहरूका अनुसार आन्दोलन तीव्र भएको संवेदनशील समयमा अध्यक्ष कडरियाले जिम्मेवारी त्याग्नु संगठन र आन्दोलनप्रति बेइमानी हो।

सुजन कडेरिया



जेन–जी आन्दोलन चर्किँदै गएपछि उत्पन्न परिस्थितिमा असुरक्षा भएको भन्दै डा. कडरियाले भदौ २४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २४ जना युवा–विद्यार्थी घाइते भएको घटनापछि पदमा रहिरहनु नैतिक दृष्टिले उचित नठानेको भन्दै उनले पद छाड्ने घोषणा गरेका थिए।

तर, राजीनामा दिएर एक दिनमै उनले फेरि आफ्नो निर्णय परिवर्तन गर्न खोजे। भोलिपल्टै सार्वजनिक रूपमा उनले आफूलाई कुटपिट भएको र ज्यान मार्ने धम्की आएको कारण देखाउँदै राजीनामा फिर्ता लिन चाहेको बताएका थिए।

यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छैन। तर, संगठनभित्र उत्पन्न असन्तुष्टिको स्वर भने तीव्र बन्दै गएको देखिन्छ। कार्यकर्ताले नेतृत्वको निर्णय अस्थिर भएको आरोप लगाउँदै अबको आन्दोलनमा जिम्मेवार र स्थायी नेतृत्व आवश्यक रहेको बताएका छन्।