Spread the love
Spread the love
फेसबुकमाथी सरकारले लगाएको प्रतिबन्ध एमालेकै नेताले मानेनन
फेसबुक प्रयोगमा रोक लगाएको भोलिपल्टै एमालेका नेता महेश बस्नेतले फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका छन्।
Spread the love

काठमाण्डौ/ सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको भोलिपल्टै नेकपा एमालेका नेता महेश बस्नेतले फेसबुकमार्फत भिडियो सार्वजनिक गरेका छन्।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार तोकिएको समयभित्र दर्ता नभएका सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। यसअन्तर्गत फेसबुकलगायत २६ वटा प्लेटफर्म प्रतिबन्धको सूचीमा परेका छन्।

एमाले नेता महेश बस्नेत फेसबुकमा आज पोस्ट भएको.



तर प्रतिबन्धको घोषणा भएपछि पनि शुक्रबार बस्नेतले आफ्नै आधिकारिक फेसबुकमार्फत गतिविधि सार्वजनिक गरेका हुन्। यसले सरकारी निर्णय कार्यान्वयनबारे प्रश्न उठाएको देखिन्छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आधा दर्जनजति सामाजिक सञ्जाल मात्र दर्ता प्रक्रियामा आएका छन् भने बाँकीले कानूनी प्रक्रिया पूरा गरेका छैनन् ।